मध्यपुर महोत्सब अबधिभर निशुल्क बस सेवा संचालन हुने

मध्यपुर थिमि, १० पुस २०८१ः
रत्न काजि प्रजापति

मध्यपुर महोत्सब अबधि भर निशुल्क बस सेवा संचालन हुने भएको छ।

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यहि पुस १२, १३ र १४ गते हुन गैरहेको मध्यपुर महोत्सब अबधिभर निशुल्क बस सेवा उपलब्ध हुने ब्यबस्थापक सुरेन्द्र तुबन्जा श्रेष्ठले जानकारी दिनु भयो।

महोत्सब शुरु हुने स्थान शंखधर चोक देखि अन्तिम स्थान बोदे टिगनी सम्म महोत्सब अबलोकन गरिसके पछि पुन शंखधर चोक फर्कन वा महोत्सबको अन्य स्थानहरुमा जान बस सेवा प्रयोग गर्न सकिने छ। बिभिन्न स्थानमा निशुल्क आफ्ना सबारीसाघन रोकेर महोत्सब अबलोकन गर्न आउनु हुने महानुभाबहरुलाई पुन सोहि स्थानमा फर्कनको लागि यो बस सेवाले सुबिघा पुर्याउने छ। जेष्ठ नागरिक, अशक्त, महिला तथा बालबालिकाहरु लगायत सम्पुर्ण महोत्सब अबलोकनकर्ताहरुले यो सुबिधा उपयोग गर्न सकिने छ।

महोत्सब मुल समारोह समितिको संयोजनमा करिब १० वटा बसहरु शंखधर चोक, सुन्दरनगर, सिद्धिकाली चोक, गार्चा, मिलरोड, बोदे, नगरपालिका, पाटीबिहार,बप्पा हुदै पुन शंखधर चोकमा पुग्नेछ। ब्यबस्थापक श्रेष्ठ्का अनुसार निशुल्क बससेवा निरन्तर चलिरहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!