लघुवित्त पीडितहरुको समस्या समाधान गर्न गगन थापाको माग

मर्कामा परेकाहरूका लागि राहत दिनुपर्ने

काठमाडौँ, १० फागुन २०७९:

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऋणीहरूले एउटा वित्तीय संस्थाबाट मात्रै ऋण लिन मिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बुधबारको संसद् बैठकलाई सम्बोधन गर्दै उनले एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने प्रावधान थप्नुपर्ने बताएका हुन्।

‘कैयन् लघुवित्त संस्थाहरूका कारण गरिबहरू थला पर्न नसक्ने गरी थला परेका छन्,’ उनले भने, ‘अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्तहरू, तत्कालको गर्जाे टार्न जहाँबाट जस्तो पनि ऋण लिने ग्राहकहरू, अनुमति दिँदै गर्दा हाल फैलाउने र सुपरीवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र बैंक यही कारणले गर्दा लघुवित्तको यो संकट देखिएको हो।’

उनले साँच्चै मर्कामा परेकाहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व वा ग्राहक सुरक्षा कोषको प्रयोग गरेर भए पनि राहत दिनुपर्ने बताए। साथै उनले बदनियत गरेको लघुवित्तहरूलाई कारबाही गर्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!