मध्यपुर थिमि, ११ पुस २०८१
रत्न काजि प्रजापति
मध्यपुर महोत्सब २०८१ को सम्पुर्ण तयारी सकिएको छ। भोलि पुस १२ गते देखि १४ गते ३ दिनसम्म हुने महोत्सबको सम्पुर्ण तयारी सकिएको महोत्सब मुल आयोजक समितिका संयोजक तथा आयोजक मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो।
महोत्सबको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री श्री प्रकाशमान सिंह श्रेष्ठले बिहान ९;३० बजे गर्नु हुनेछ। महोत्सब शुरु हुने स्थान शंखधर चोकमा भेला भई स्थानीय बालकुमारी मन्दिर परिसरमा उद्घाटन समारोह आयोजना गरिने छ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा हुन लागेको मध्यपुर महोत्सब २०८१ शंखधर चोकबाट शुरु भई मध्यपुर क्षेत्रका स्थानिय नेवा बस्तिहरु निगु पुखु, दिगु टोल, ताहाननी, भुलांखेल, वाचुनानी, तुलनानी, नासनानी, चपाचो, दुईनानी, गार्चा, दुवाफल्चा, गोंगचिवा, नगदेश हुदै बोदे टिगनी सम्मको करिब साढे ५ किलोमिटर लामो मार्गमा हुनेछ।

महोत्सबलाई मध्य नजर गर्दै नगरपालिकाले महोत्सब अबधिभर नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरु तथा नगरपालिका र मातहतका कार्यालयहरुमा सार्बजनिक बिदाको घोषणा गरिसकेको छ भने नगरका बिभिन्न स्थानहरुमा सबारी साघनहरु निशुल्क पार्किङको ब्यबस्था पनि गरिएको छ। महोत्सब अबधि भर अबलोकनकर्ताहरुको सहजताको लागि निशुल्क सटल बसको पनि ब्यबस्था गरिएको छ। गल्ली म्यापको एप मार्फत महोत्सबको बिभिन्न स्थानहरु सम्बन्धि थप जानकारी प्राप्त गर्न सकिनेछ।
आजोजक समितिका अनुसार करिब ५ लाख अबलोकनकर्ताहरुद्वारा मध्यपुर महोत्सब अबलोकन गर्ने प्रक्षेपण गरिएको छ।