मध्यपुर थिमि, ११ पुस २०८१०
रत्न काजि प्रजापति
भोलि देखि शुरु हुने मध्यपुर महोत्सबको सम्पुर्ण तयारी सकिएको छ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा पुस १२, १३ र १४ गते हुन गैरहेको मध्यपुर महोत्सब करिब ५ लाख ब्यक्तिहरुले अबलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सबलाई सभ्य, भब्य र अबिस्मरणीय रुपमा सफल बनाउनको लागि आफुहरु अहोरात्र खति रहेको महोत्सब मुल आयोजक समितिका संयोजक तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो।

महोत्सब अबधिभर आगन्तुकहरुको सहजताको लागि निशुल्क बस सेवा, सवारीसाघनको लागि पार्किङगका साथै निशुल्क रुपमा सार्बजनिक शौचालयहरुको ब्यबस्था पनि गरिएको नगर उपप्रमुख तथा महोत्सब मुल आयोजक समितिका सहसंयोजक बिजय श्रेष्ठले बताउनु भयो।

महोत्सब शुरु हुने स्थान शंखधर चोक देखि अन्तिम स्थान बोदे टिंगनी सम्म महोत्सब अबलोकन गरिसके पछि पुन शंखधर चोक फर्कन वा महोत्सबको अन्य स्थानहरुमा जान बस सेवा प्रयोग गर्न सकिने छ। बिभिन्न स्थानमा निशुल्क आफ्ना सबारीसाधन रोकेर महोत्सब अबलोकन गर्न आउनु हुने महानुभाबहरुलाई पुन सोहि स्थानमा फर्कनको लागि यो बस सेवाले सुबिधा पुर्याउने छ। जेष्ठ नागरिक, अशक्त, महिला तथा बालबालिकाहरु लगायत सम्पुर्ण महोत्सब अबलोकनकर्ताहरुले यो सुबिधा उपयोग गर्न सकिने छ।
महोत्सबको उद्घाटन भोलि बिहान ९ः३० बजे उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठले गर्नु हुनेछ।
