बारा, १५ पुस २०८१ः
कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले आज विपन्न परिवारलाई लक्षित गरी न्यानो लुगा तथा ब्ल्याङ्केट वितरण गरेको छ। बारा जिल्ला क्षेत्र न १ अन्तर्गतका करिब २०० बिपन्न परिवारलाई न्यानो लुगा तथा ब्ल्याङ्केट वितरण गरिएको हो।

कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा. लि. का अध्यक्ष सुना सुबेदि बडालको उपस्थिति तथा प्रतिनिधिसभा सदस्य माननीय अच्युत प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपालको भेटेरिनरी क्षेत्रकै अग्रणी संस्थाको रुपमा रहेको कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले आफ्नो संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको संस्थाका सुना सुबेदि अध्यक्ष बडालले बताउनु भयो। अध्यक्ष बडालले यस्ता कार्यहरु भबिष्यमा पनि निरन्तर रुपमा गर्दै रहने प्रतिबद्दता पनि ब्यक्त गर्नु भयो।
