“कुखुराको अण्डा र मासुको परिकारः स्वास्थ जीवनको आधार” भन्ने मुल नाराका साथ १२ औ राष्ट्रिय पोल्ट्री दिवस २०८१ मनाउदै

चितवन, १५ पुस २०८१ः

१२ औ राष्ट्रिय पोल्ट्री दिवस २०८१ बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ। यो बर्षको राष्ट्रिय पोल्ट्री दिवसको नारा ” कुखुराको अण्डा र मासुको परिकारः स्वास्थ जीवनको आधार” रहेको छ। वि. स. २०७० साल देखि चितवनमा राष्ट्रिय पोल्ट्री दिवस भव्य र सभ्य रुपमा मनाउदै आईरहेको छ।

यो बर्षको राष्ट्रिय पोल्ट्री दिवस नेपाल कुखुरा व्यवसायी मन्चले सरकारी तथा निजी क्षेत्र बिच आवश्यक समन्वय गरि विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको छ । यो बर्ष स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जा्नकारी गराउने उद्देश्यका साथ स्कुल शिक्षा कार्यक्रम संचालन गरिने छ । चितवन जिल्लाका १० वटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई अण्डा र मासुको महत्व बारे चिकित्सकहरुले प्रशिक्षण दिदै निशुल्क रुपमा अण्डा बितरण गरिने छ ।

यहि पुस १७ गते विहान ७ः२५ बजे मञ्चको कार्यालय परिसरवाट वाजा गाजा र प्ले कार्ड, झाकी सहित प्रभातफेरी गरी चौविस कोठी, जिल्ला प्रशासन कार्यालय चोक, पशु सेवा कार्यालय, उद्योग वाणिज्य कार्यालय परिक्रमा गरि चितवन औद्योगिक प्रर्दशनी परिसरमा जम्मा भइ गोष्ठीको रुपमा कार्यक्रम गरिने छ ।

गोष्ठीमा सरकारी तवरवाट पोल्ट्री सम्बन्धी बर्तमान नीति नियम र पोल्ट्रीको अवस्था बारे कार्यपत्र प्रस्तुत गरिने छ भने बरिष्ठ फिजिसियन चिकित्सकवाट अण्डा र मासुमा पाइने पोषण तत्व बारे कार्यपत्र प्रस्तुत गरिने छ। निजी क्षेत्रको तर्फवाट कुखुरापालन व्यवसायको बर्तमान अवस्था र भावी सम्भावना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!