भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः ह्योम्वा निर्वाचित

भक्तपुर, १९ पुस २०८१ः

भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्षमा नातिभाइ ह्योम्वा पुन निर्वाचित भएका छन् ।

संघको शुक्रबार भएको २९ औ वार्षिक साधारणसभा तथा १६ जिल्ला अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आसाराम बैद्य, सहसचिवमा रत्नलाल साँंढ र कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु ्निर्वाचित भएका छन।

सदस्यहरुमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासू निर्वाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!