नारायणघाट, २० पुस २०८१ः
हरि के. सि.
नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ नारायणगढ युनिटको अध्यक्षमा नबिन दाहाल निर्वाचित हुनु भएको छ।

संघको यहि शनिबार सम्पन्न भएको चौथो अधिवेशन तथा साधारण सभाले दाहालको अध्यक्षतामा नया समिति निर्वाचित गरेको हो। नबनिर्वाचित समितिको उपाध्यक्षमा जयराम नेपाल, सचिवमा रमेश चौरसिया,सहसचिवमा मिथिलेश गिरी र कोषाध्यक्ष्मा जीवन कोइराला निर्वाचित हुनु भएको छ। त्यस्तै गरी सदस्यहरुमा आशुतोश यादव, राजेश महतो, दिनानाथ पासवान, राजु बस्याल, सुमन पौडेल र प्रबिण पाठक निर्वाचित हुनु भएको छ।
नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घ चितवन शाखाका अध्यक्ष लक्ष्मीलाल घिमिरेको प्रमुख आतिथ्यता तथा NMSRA को केन्द्रिय सदस्य ऋषि रेग्मीको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका ५४ जना सदस्यहरुको उपस्थिति रहेको थियो।
संघका अध्यक्ष विष्णु बहादुर बस्नेतको अध्यक्षतामा चितवनको भीम ओली पार्क पदमपुरमा सम्पन्न साधारणसभामा नबिन दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो। सचिब दयाराम कडेलले संचालन गर्नु भएको कार्यक्रममा सल्लाहकारहरु महेश्वर ढकाल, जीवन प्रकाश भट्टराई, विबेक जंग खड्का तथा शंकर ठाकुरको उपस्थिति रहेको थियो।
