नागरिक कम्युनिटी टिचिंग हस्पिटलले हेलिप्याडसहितको भव्य अस्पताल भबन बनाउने

मध्यपुर थिमि, २२ पुस २०८१ः
कृष्ण किसि

ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरले हेलिप्याड सहितको नौ तल्ले भव्य अस्पताल बनाउने भएको छ । सकेसम्म एकदुई वर्षभित्र भबन बनाइ सेवा शुभारम्भ गर्ने योजना राखेको जनाइएको छ ।

अस्पतालमा सञ्चालन गर्न लागिएको नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयूको सोमबार भक्तपुरमा भएको उदघाटन कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरका अध्यक्ष रामशरण भण्डारीले सकेसम्म यही सरकारको पालाभित्र भबन बनाइ सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको बताए ।

वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै कार्यकालमा भबन निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाई हो । स्वास्थ्यमन्त्री पौडेल केपी शर्मा ओली प्रधानमन्त्रीका स्वास्थ्यमन्त्री हुन् । ठूला दुई दल नेपाली कांग्रेस र एमालेवीचको सहमति अनुसार पाँंचवर्षे कार्यकालमा आधाआधा सरकार चलाउने सहमति थियो । त्यस अनुसार सहमति कार्यान्वयन भए केपी ओलीपछि नेपाली काग्रेसले सरकार चलाउनेछ । कांग्रेसले सरकार चलाएर प्रधानमन्त्री परिवर्तन भएपछि मन्त्रीहरु पनि स्वतः परिवर्तन हुनेछन् । यस अनुसार वर्तमान दुईदलीय सरकारको पूर्ण आयु २०८४ हो । २०८४ सालमा पुनः देशभर आम निर्वाचन २०८४ सम्पन्न भइ जनमत प्राप्त राजनीतिक दलले नयाँं सरकार सञ्चालन गर्नेछन् ।

आइसीयूको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । त्यस अवसरमा उनले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क वेडको व्यवस्थालाई कार्यान्वयन गर्न देशभरका सवै अस्पतालहरुलाई निर्देशन दिए । कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने विरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेका हुन् । मन्त्री पौडेलले सकेसम्म त्यसलाई सार्वजनिक गर्नसमेत आह्वान गरे । सक्नुहुन्छ भने एक दिनमा वा एक हप्तामा वा एक महिनामा ककसले निःशुल्क वेडको सेवा लिए नाम र फोटै अस्पतालमा टास्नुहोला, उनले भने, यसले पैसा भएर पनि निःशुल्क वेड सेवा लिने सोच भएकाहरु ह्तोत्साहित पनि हुनेछन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर दस हजार वढी अस्पतालहरु सञ्चालनमा छन् । तर तिनीहरुले निःशुल्क वेडको यो व्यवस्थालाई कडाइका साथ पालना गरेका छैनन् ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पतालहरु रहेको र काठमाडौसम्म जानुपर्ने अवस्था नरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!