भेटेरिनरी एशोसिएसनको आयोजनामा ”राइट टु प्रोटिन रन” चौथो संस्करणको हाफ म्याराथन माघ १२ गते हुदै

काठमाण्डाैं, पुस २२, २०८१ ः
रत्न काजि प्रजापति

नेपाल भेटेरिनरी एशोसिएसनले यहि माघ १२ गते शनिबार प्रोटिन माथिको अधिकारलाई आत्मसात गर्दै राइट टु प्रोटिन रन चौथो संस्करणको हाफ म्याराथन सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । एशोसिएसनले प्रोटिनजन्य पदार्थमा सर्वसाधारणको बहुँच बढाउनुका साथै जनचेतना जगाउने उद्देश्यले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भेटेरिनरी एशोसिएसनका कार्यबाहक अध्यक्ष डा. अशेष भट्टराईले दौड प्रतियोगिता दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा पुगी समापन हुने जानकारी दिए। बिभिन्न बिधामा आयोजना हुने उक्त दौड प्रतियोगितमा करिब ८ हजारको हाराहारीमा सहभागिता रहने अनुमान आयोजकको रहेको छ।

पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक डा. सितलकाजी श्रेष्ठले कार्यक्रमको उद्देश्यहरु बारे जानकारी गराएका थिऍ।

बिगत ३ बर्ष देखि निरन्तर आयोजना हुदै आईरहेको यो प्रतियोगिता सहभागीता र नगद पुरस्कारको हिसाबले देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता मानिएको छ।

प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीहरु छात्रलाई ५ किमि, छात्रालाई ३ किमि, फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयरको व्यवस्थासहित पुरुष तथा महिला र बालबालिकाको लागि (रन फर फन) विधाका दौडहरु समावेश गरिएका छन् ।

नेपाल एथलेटिक्स एशोसिएसनको मान्यता तथा सहआयोजना एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो प्रतियोगितालाई युसेकले मुख्य प्रायोजन गरेको छ भने पशु सेवा विभाग र नेपाल दाना उद्योग संघले विशेष सहयोग गर्ने छ।

यस कार्यक्रमको पुरस्कारको कूल राशी १७ लाख ६३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतियोगिता व्यवस्थापनको लागि करिब ५०० स्वयं सेवकहरु परिचालन गरिने जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!