मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट बिजयी

हेटौडा, २८ पुस २०८१ः

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । संघको ५८ औं साधारण सभाको निर्वाचनबाट रानाभाट अध्यक्ष पदमा निर्वाचित भएका हुन। अध्यक्ष रानाभाटले १०१४ मत प्राप्त गरेका थिए भने उहाका प्रतिद्वन्द्वी अनिल अग्रवालले ७६५ मत प्राप्त गरेका थिए ।

संघको बाणिज्य उपाध्यक्षमा राजु अधिकारी, उधोग उपाध्यक्षमा दिपक उप्रेती, महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सह-कोषाध्यक्षमा निलम वैद्य निर्वाचित भएका छन। त्यसैगरी बाणिज्य सचिवमा कुलप्रसाद चौलागाई, उधोग सचिवमा रूपक दाहाल, एसोसिएट सचिवमा माधब ज्ञवाली निर्वाचित भएका छन।

संघका सदस्यहरुमा राजेन्द्र लामिछाने, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, उद्योगतर्फका सदस्यहरु कृष्णगोपाल महर्जन, जगदिश दाहाल, भुपेन्द्रप्रसाद अधिकारी तथा एशोसियट सदस्यहरुमा अकिता सुमार्गी, नवराज खतिवडा, वस्तुगत सदस्यमा शम्भु पुडासैनी तथा महिला आरक्षण सदस्यमा सिता भेटवाल निर्वाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!