काठमाडौं, २८ पुस २०८१ः
यहि माघ १८ गते सम्पन्न हुन गैरहेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको ऐतिहासिक निर्वाचनमा उम्मेदवार हुनु भएका आफ्ना सदस्यहरुलाई बिजयी गराउन नेपाल पशुपन्छी औषधि व्यवसायी संघले अपिल गरेको छ।

आज बाफल स्थित केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा निर्वाचनमा उम्मेदवार रहनु भएका ब्यबसायी सदस्यहरुलाई शुभकामना ब्यक्त गर्दै उहाहरुलाई बिजयी गराउन संघले आफ्ना सातै प्रदेश तथा २२ वटै जिल्ला शाखाका सदस्यहरुलाई अपिल गरेको हो।
आज आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल, उपाध्यक्ष सुना सुबेडी बडाल, महासचिब सादुराम ढकाल (आशिष) तथा संघका चितवन जिल्ला शाखा अध्यक्ष लक्ष्मीलाल घिमिरेको उपस्थिति रहेको थियो।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको निर्वाचनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका तर्फबाट विभिन्न पदहरुमा उम्मेदवारी दिनुहुनेहरुमा संघका केन्द्रिय सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज ईश्वरी भेट फर्माका सञ्चालक ईश्वरी प्रसाद आचार्य केन्द्रीय सदस्य (खुल्ला) तर्फ, संघका पूर्व केन्द्रीय सदस्य एवं मञ्जु भेट फर्माका सञ्चालक चिना कुमारी लामा केन्द्रीय सदस्य खुल्ला उमेदवार (महिला) तर्फ, संघका नवलपुर शाखा उपाध्यक्ष एवं दिलमाया एग्रोभेटका सञ्चालक दिलमाया श्रेष्ठ केन्द्रीय सदस्य खुल्ला (महिला) तर्फ र संघका मिथिला शाखा उपाध्यक्ष सुमित्रा भेट फर्मा धनुषाका सञ्चालक अनिरूद्र साह मधेस प्रदेश सदस्यमा रहेका छन।

PC: Ashish Dhakal