नवलपरासी, शाश्वतधाम, २९ पुस २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमिको ऐतिहासिक महाकाली प्याखँ: (नृत्य) नवलपरासीको शाश्वतधाममा प्रदर्शन गरिएको छ। सम्पदा संरक्षण महाअभियानको अगुवाईमा पहिलो पटक मध्यपुर थिमिको ऐतिहासिक महाकाली प्याखँ: (नृत्य) शाश्वतधाम प्रदर्शन गरिएको हो।
शाश्वतधाम भ्रमण गर्नु हुने आगन्तुकहरुको संख्या पचास लाख पुगेको अबसरमा पुस २७ गते उक्त प्याखँ: प्रदर्शन गरिएको महाअभियानका अध्यक्ष अभियन्ता सुनिल प्रजापतिले जानकारी दिनु भयो। महाकाली प्याखँ: (नृत्य) का साथै ऐतिहासिक नागचा प्याखँ: (नृत्य) पनि उक्त अबसरमा प्रस्तुत गरिएको थियो।
उक्त प्याखँ: प्रस्तुतिको लागि अभियन्ता प्रजापतिको नेतृत्वमा करिब ४ दर्जन कलाकारहरु मध्यपुर थिमिबाट शाश्वतधाम नवलपरासी पुगेका थिए।
भिडियो सहित: