पशुपंक्षी औषधि ब्यबसायी संघ र सिद्दार्थ हस्पिटालिटि बिच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, ७ माघ २०८१ः

नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ र सिद्दार्थ हस्पिटालिटि बिच बिभिन्न सेवा सुबिधाहरु प्रदान गर्ने गरी सम्झौता भएको छ। आज काठमाडौमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघको तर्फ बाट केन्द्रिय अध्यक्ष रितेश रिमाल तथा हस्पिटालिटिको तर्फबाट एसोसियट निर्देशक (कर्पोरेट सेल्स) नृपेश श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ।

सम्झौता अनुसार नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका सदस्यहरुले देश भरी छरिएर रहेका सिद्दार्थ हस्पिटालिटिका करिब २० वटा रिसोर्ट, होटल तथा क्याफेहरुबाट बिभिन्न सेवा सुबिघाहरु सहुलियत दरमा उपयोग गर्न सकिनेछ।

 

संघका केन्द्रिय अध्यक्ष रिमालका अनुसार संघका ७ प्रदेश तथा २२ वटा जिल्ला शाखामा आबद्द करिब २२०० सदस्यहरुले सिद्दार्थ हस्पिटालिटिका आउटलेटहरुबाट यो सेवा प्राप्त गर्न सकिनेछ।

उक्त हस्ताक्षर कार्यक्रममा संघका तर्फबाट निबर्तमान अध्यक्ष पुर्ण चन्द्र सापकोटा, महासचिब सादुराम ढकाल (आशिष), सचिब केशब शर्मा मरासिनि तथा बागमति जिल्ला शाखा उपाध्यक्ष रत्न काजि प्रजापतिको उपस्थिति रहेको थियो भने सिद्दार्थ हस्पिटालिटिको तर्फबाट बिक्री अधिकृत शिताष्मा थापाको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!