नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको साघारणसभाको तयारी पुराः प्रमुख अतिथि स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं, १० माघ २०८१ः

नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघको ३४ औ साघारणसभाको सम्पुर्ण तयारी पुरा भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा भोलि हुने सभाको सम्पुर्ण तयारी सकिएको संघका केन्द्रिय अध्यक्ष रितेस रिमालले जानकारी दिनुभयो।

नेपाल भरीका पशुपंक्षी औषधी ब्यबसायीहरुका छाता संगठनका रुपमा रहेको संघमा करिब दुई हजार दुई सयको हाराहारीमा सदस्यहरु आबद्द रहेको बताउदै अध्यक्ष रिमालले भोलिको सभामा करोब ३०० प्रतिनिघिको सहभागिता रहने बताए।

संघका केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडालले संघले आफ्ना सदस्यहरुको सुबिधालाई मध्यनजर गर्दै बिभिन्न कम्पनीहरु संग बिभिन्न सुबिघाहरु सहित सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेको ्बताउनु भयो। उपाध्यक्ष बडालका अनुसार संघले दियालो फुडल्यान्ड, सिद्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सिद्दार्थ हस्पिटालिटि र नेशनल लाईफ इन्स्योरेन्स लिमिटेड संग एम ओ यु गरिसकेको छ भने भोलि साघारणसभा मै प्रभु बैंक लिमिटेड संग एम ओ यु गरिने छ।

साधारणसभा भोलि बानेश्वर स्थित अनुपम फुडल्यान्डमा सम्पन्न हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!