रामेछाप, २ चैत्र २०८१ः
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती नेवा ताम्सालिङ्ग प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । रामेछाप जिल्लामा आज सम्पन्न तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
फोनिज बागमती प्रदेश समितिको खुल्ला उपाध्यक्षमा दिलबहादुर तामाङ्ग, महिला उपाध्यक्षमा अनिता डंगोल, महासचिवमा राजु नापित, संस्थागत सचिवमा हिरालाल गुरुङ्ग, महिला सचिबमा निशा गुरुङ्ग तथा कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।

फोनिज बागमती प्रदेश समितिको सदस्यहरुमामा रत्नकाजी प्रजापति, बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, रवि महर्जन, जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई चयन भएका छन् ।
लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, सदस्यमा निर बहादुर तामाङ्ग, अनुशासन समितिको संयोजकमा जगत तामाङ्ग, सदस्यमा प्रदिप कुमार श्रेष्ठ, संघीय प्रतिनिधिमा राजेश रुम्बा लामा, श्याम राना मगर र सरस्वती श्रेष्ठ निर्वाचित भएका छन् ।