मध्यपुर थिमि, २७ चैत्र २०८१ः
“समृद्ध जीवनको शुभारम्भ, सुनिश्चित भविष्यको आधार” भन्ने नारासहित अगाडि बढिरहेको ओस्ला बचत तथा ऋण सहकारी संस्था लि. ले आज विशेष कार्यक्रमका बीच ल्होः हिटीहरुको (ढुङ्गेधारा) कलात्मक संग्रह रहेको २०८२ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
मध्यपुर थिमि नगरपालिका वडा न ४ का अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सहकारीका पदाधिकारीहरु, सदस्यहरू, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्यालेण्डर विमोचन गर्दै संस्थाका प्रतिनिधिहरूले नयाँ वर्षको अवसरमा आर्थिक अनुशासन, समृद्ध बचत संस्कृति र सामूहिक प्रगतिको प्रतिबद्धता दोहोर्याएका थिए। साथै सबै सदस्य र शुभचिन्तकहरूलाई नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना व्यक्त गरे।
