काठमाडौं, ५ वैशाख २०८२ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखाले शुक्रबार काठमाडौंको जमलस्थित एल्लो प्यागोडा होटलमा व्यवसायीहरूका लागि कर तथा लेखा तालिम र सकारात्मक सोच तथा उत्प्रेरणा अभिवृद्धि तालिम सञ्चालन गरेको छ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट मनोज थपलियाले कर र लेखा सम्बन्धी विषयमा व्यावसायिक जानकारी प्रस्तुत गरे भने मोटिभेशनल कोच अनन्त राज घिमिरेले सकारात्मक सोच र उत्प्रेरणा विषयमा प्रशिक्षण दिए।
नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघका अध्यक्ष रेवती रमण निरौलाको प्रमुख आतिथ्यतामा शाखाका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई आर्थिक पारदर्शिता, कर प्रणालीमा सहजता तथा आत्मबल वृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ।
