नारायणगढ–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

नवलपुर (नवलपरासी), ५ बैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विस्तार हुँदै आएको नारायणगढ–बुटवल सडक तोकिएको समयमै पूरा हुने बताएका छन्।

आज गैँडाकोट खण्डको निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले निर्माणमा अब कुनै प्रकारको ढिलाइ नहुने स्पष्ट पारे। उनले निर्माणमा खटिएको ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग सडकको हालको प्रगतिबारे प्रत्यक्ष जानकारी समेत लिएका थिए।

निरीक्षणका क्रममा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, र सचिव केशवकुमार शर्मा पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले जनताले लामो समयदेखि भोग्दै आएको समस्या उल्लेख गर्दै भने, “देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले निकै दुःख पाएका छन्, अब कुनै पनि बहानामा ढिलाइ सह्य हुँदैन।”

उनले सम्बन्धित पक्षलाई यथाशक्य छिटो सडक निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!