ब्रोईलर मासु: स्वाद मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक

काठमाडौं,
रत्न काजि प्रजापति

नेपाली भान्सामा निकै लोकप्रिय बनेको ब्रोईलर कुखुराको मासु स्वाद मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। सहज रूपमा उपलब्ध हुने र छिटो पकाइने गुणका कारण आम उपभोक्ता माझ यसको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ।

विशेषज्ञहरूका अनुसार ब्रोईलर कुखुराको मासु प्रोटिनको भरपूर स्रोत हो। यसमा पाइने उच्च मात्राको प्रोटिनले शरीरको मांशपेशी विकास, हड्डी मजबुती र समग्र शारीरिक वृद्धि–विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

अन्य रातो मासुको तुलनामा ब्रोईलर मासुमा चिल्लोको मात्रा कम हुने भएकाले हृदयसम्बन्धी रोगबाट जोगिन चाहनेहरूका लागि समेत यो उपयुक्त मानिन्छ। साथै यसमा पाइने भिटामिन बी६, बी १२, नियासिनामाईड, फस्फोरस र सेलेनियम जस्ता भिटामिन तथा खनिज तत्त्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।

पछिल्ला वर्षहरूमा तौल घटाउन चाहनेहरूबीच पनि ब्रोईलर मासुको सेवन बढ्दो छ। उच्च प्रोटिन र कम फ्याट भएको कारणले यसले डाइटमा ध्यान दिनेहरूका लागि राम्रो विकल्प बन्न थालेको हो।

पोषण विज्ञहरू सुझाव दिन्छन्, “यदि सन्तुलित मात्रामा र सफा तरिकाले पकाएर सेवन गरियो भने ब्रोईलर मासु स्वास्थ्यका लागि लाभदायक हुन्छ।”  सस्तो, सहज र स्वादिलो ब्रोईलर मासु अब नेपाली खानपानको अनिवार्य हिस्सा बन्दै गएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!