नेपाल भेटेरीनरी एशोसिएसन, कर्णाली प्रदेशको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा डा. उमेश गिरी निर्वाचित

सुर्खेत, ५ बैशाख २०८२ः

नेपाल भेटेरीनरी एशोसिएसन, कर्णाली प्रदेशको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा डा. उमेश गिरी निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा डा. सोबिना मल्ल, सचिवमा डा. लोकेन्द्र बहादुर खड्का, सह-सचिवमा डा. सुनिल ज्ञवाली, र कोषाध्यक्षमा डा. रन्जन सिंह कुशवाहा निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा डा. लक्ष्मी चौलागाईं, डा. अरुण चौलागाईं, डा. निर्दिष्टा पाठक, डा. दिनेश चौलागाईं, डा. चेतन ढकाल, र डा. आकाश सुबेदी चयन हुनुभएको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरुले नव निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। कर्णाली प्रदेशमा पशु सेवा, पशु स्वास्थ्य, र भेटेरीनरी पेशाको उत्थानमा यो नेतृत्वले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिले प्रदेशस्तरमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै पशुपालन व्यवसायमा समर्पित जनशक्तिको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!