मध्यपुर थिमि, ६ बैशाख २०८२ः
आधुनिक भवनहरूको निर्माण र शहरीकरणसँगै घटिरहेको चराचुरुङ्गीहरूको बासस्थानलाई ध्यानमा राख्दै मध्यपुर थिमि नगरपालिकाले सुरक्षित बासस्थानको लागि पहल गरेको छ। मध्यपुर थिमि वडा न ४ का स्थानिय समुदायको सक्रिय प्रयास र नगरपालिकाको सहयोगमा निगु पुखु्बाट शुरु गरिएको यो अभियानले चराचुरुङ्गीहरूको अस्तित्व र नगरको ्पर्याबरणीय सन्तुलनलाई जोगाउन मद्दत पुर्याउने छ।
सुरुमा, केही सुरक्षित बासस्थान तयार गरिएको छ र यदि यो पहल सफल भयो भने, नगरभरि यसलाई फैलाउने योजना नगरपालिकाले बनाइएको छ। यस अभियानले चराचुरुङ्गीहरूको संरक्षणसँगै नगरमा हरियालीको संवर्धन, स्वच्छ वातावरण र पर्याबरणीय सन्तुलनको रक्षा गर्ने उद्देश्य राख्दछ।
यो पहलले नगरका नागरिकलाई पर्यावरणीय समस्याबारे सचेत बनाउँदै, पर्यावरण संरक्षणमा उनीहरूको भूमिका महत्त्वपूर्ण बनाउनेछ। साथै, यसले प्राकृतिक धरोहरको संरक्षण र हरित पर्यटनलाई पनि प्रोत्साहन गर्ने सम्भावना राख्दछ।
pc: pawan