बुटवल, ६ वैशाख २०८२ः
नेपाल भेटेरिनरी एसोसियसन, लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले डा. भरत काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नया कार्यसमिति उपाध्यक्षमा डा. मनिश गौतम, सचिवमा डा. अभिनाश छेत्री, सह-सचिवमा डा. सन्जय श्रेष्ठ र कोषाध्यक्ष्मा डा. सुमित सिंह जीसी चयन हुनु भएको छ।
त्यसैगरी सदस्यहरूमा डा. नारायण पौडेल, डा. सुरज थारु, डा. जगदिश रिजाल, डा. प्रतिभा थापा मगर, डा. शिशिर भट्टराई र डा. रेगम पोख्रेल चुनिनु भएको छ।
नव-निर्वाचित अध्यक्ष डा. काफ्लेले लुम्बिनी प्रदेशमा भेटेरिनरी सेवा, पशु स्वास्थ्य तथा पशुपालन व्यवसायको सुदृढीकरणमा आफूहरूको प्राथमिकता रहने स्पष्ट पारे। उनले पशु चिकित्सकहरूको हकहित संरक्षण, नीति निर्माणमा सहभागिता, तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।
अधिवेशनमा लुम्बिनी प्रदेशभरिबाट आएका पशु चिकित्सकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले भेटेरिनरी क्षेत्रको विकासमा साझा भूमिका खेल्न सबैलाई आव्हान समेत गरेको छ।