लोहकिल्थलीमा जिल्लास्तरीय खुला बाँसुरी बाजा प्रतियोगिता हुँदै

मध्यपुर थिमि, ७ वैशाख २०८२ः

मध्यपुर थिमि नगरपालिका आयोजना र श्री सिद्धि गणेश दाफा भजन खलःको सहकार्यमा लोहकिल्थली, वडा नं. १ मा जिल्लास्तरीय खुला बाँसुरी बाजा प्रतियोगिता आयोजना हुने भएको छ।

भक्तपुर जिल्ला भित्रका खलः, गुठी, सांस्कृतिक पुचः तथा संघ–संस्थाहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगिता २०८२ साल वैशाख १३ गते हुने तय गरिएको छ। प्रतियोगिताको उद्देश्य नेपाली सांस्कृतिक सम्पदा र परम्परागत संगीतको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजक पक्षले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समूहहरूले २०८२ साल वैशाख १० गते भित्र आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ। नाम दर्ता गर्नका लागि लोहकिल्थलीस्थित वडा नं. १ कार्यालयमा रहेको बाँसुरी बाजा प्रतियोगिता सचिवालयमा सम्पर्क गर्न सकिनेछ। दर्ता शुल्क रु. एक हजार तोकिएको छ।

श्री सिद्धि गणेश दाफा भजन खलःले भक्तपुर जिल्लाका सम्पूर्ण सांस्कृतिक समूहहरूलाई प्रतियोगितामा सहभागिताका लागि हार्दिक आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!