दुवाकोटमा अबैध उत्खनन् स्थलमा छड्के अनुगमन, कारबाही प्रक्रिया अघि बढाइँदै

दुवाकोट, ७ बैशाख २०८२ः

चागुनारायण नगरपालिका–१ दुवाकोटमा भइरहेको अबैध माटो तथा बालुवा उत्खनन् विरुद्ध नगरपालिकाले कडाइ थालेको छ। नगर प्रमुख जीवन खत्रीको निर्देशनमा उपप्रमुख रमेश बुढाथोकीले आज उत्खनन् भइरहेको क्षेत्रमा छड्के अनुगमन गर्नुभएको हो।

हालै विभिन्न सामाजिक सञ्जालमार्फत नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको नाम अबैध उत्खनन् घटनासँग जोडिएपछि प्रमुख खत्रीले तत्काल छानबिन गर्न निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार उपप्रमुख बुढाथोकीले अनुगमन गर्दै सम्बन्धित निकायलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।

नगरपालिकाले अबैध उत्खनन् रोक्न कडाइका साथ कदम चाल्ने प्रतिबद्धता जनाएको छ। अनुगमनका क्रममा संलग्न व्यक्तिहरूको पहिचान गर्दै कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!