१२ दिनको रौनक, ३ लाखको भीड: सकियो नवौं भक्तपुर महोत्सव

महोत्सवमा २ करोडभन्दा बढीको कारोबार

भक्तपुर, ८ बैशाख २०८२ः

भक्तपुर सल्लाघारीमा आयोजना गरिएको नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/८२ भव्यताका साथ सम्पन्न भएको छ। ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नारासहित आयोजित महोत्सवमा करिब ३ लाख दर्शकले अवलोकन गरेका छन्।

चैत २८ गतेदेखि सुरु भई १२ दिनसम्म सञ्चालन भएको उक्त महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीसहित करिब १ सय स्टलहरू सञ्चालनमा थिए। साथै बाल उद्यान र विभिन्न मनोरञ्जन स्थलले दर्शकलाई आकर्षित गरेका थिए। आयोजकका अनुसार महोत्सवमा करिब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले स्थानिय उत्पादनको प्रवर्द्धनसँगै स्थानीय व्यवसायी र कलाकारहरूलाई पनि मञ्च प्रदान गरेको थियो।

महोत्सवका संयोजक दीपक थापाका अनुसार समापन समारोहमा वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेललाई नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो। त्यस्तै, सिद्दी स्मृति भक्तपुर फुटबल क्लबलाई पनि कदरपत्रसहित सम्मान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!