मध्यपुर थिमि, २९ बैशाख २०८२ः
मध्यपुर थिमि नगरपालिका वडा नं. ९ मा निर्माण हुन लागेको नीलबाराही चक्रपथ तथा पहिरो नियन्त्रण परियोजनामा दुई निर्माण कम्पनीको प्राविधिक प्रस्ताव सफल भएको छ।
ठेक्का नं. MTM/NCB/Works/12/081/082 अन्तर्गत सार्वजनिक गरिएको विद्युतीय बोलपत्रमा G.S. Engineering / GEC JV, मेलम्ची–११, सिन्धुपाल्चोक र New National – Creative JV, थिमि, भक्तपुर को प्रस्ताव छानिएको हो।
प्राविधिक मूल्यांकन सफल भइसकेपछि अब यी कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्तावहरू आउँदो जेठ ५ गते (२०८२/०२/०५), दिउँसो १ बजे नगरपालिका कार्यालयमा सार्वजनिक रूपमा खोलिनेछ।
नगरपालिकाका अनुसार, परियोजनालाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न आवश्यक प्रक्रिया पारदर्शी ढंगले अघि बढाइनेछ। नीलबाराही क्षेत्रमा चक्रपथ निर्माणसँगै पहिरो नियन्त्रण हुने भएकाले यस परियोजना सामुदायिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ।
