कमेरोटारमा निर्माण हुने नगरपालिका संघ कार्यालय भवनको ठेक्कामा ६ कम्पनीको प्राविधिक प्रस्ताव छनोट

मध्यपुर थिमि, २९ बैशाख २०८२ः

मध्यपुर थिमि नगरपालिका वडा नं. ५, कामेरोटारमा निर्माण हुन लागेको नगरपालिका संघ कार्यालय भवनका लागि सार्वजनिक गरिएको ठेक्काको प्राविधिक प्रस्ताव मूल्यांकन सम्पन्न भएको छ। मूल्यांकनमा छ वटा निर्माण कम्पनीहरू सफल भएका छन्।

ठेक्का नं. MTM/NCB/Works/16/081/082 अन्तर्गत प्राप्त प्राविधिक प्रस्तावहरू मध्येको मूल्यांकनमा सफल ठहरिएका कम्पनीहरू यस्ता छन्:

महागौरी-नव निर्माण जे.भी., थिमी, भक्तपुर

सबिरा कन्स्ट्रक्सन, काठमाडौं

बाबु रत्न कन्स्ट्रक्सन, खपिन्छेन, ललितपुर

आर.एस.-जेसिका जे.भी., नयाँ बानेश्वर, काठमाडौं

अर्बिट/हन्स जे.भी., चाबहिल, काठमाडौँ

ईकोभस कन्स्ट्रक्सन प्रा.लि., टारकेश्वर, काठमाडौं

प्राविधिक प्रस्ताव छनोट भएसँगै, यी कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्तावहरू जेठ ५ गते दिनको १ बजे मध्यपुर थिमि नगरपालिकाको कार्यालयमा सार्वजनिक रूपमा खोलिनेछ।

नगरपालिकाका अनुसार संघको आफ्नै कार्यालय भवन निर्माणले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउनेछ। स्थानीय तहको सुदृढीकरण र सहकार्यका लागि यो भवन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!