लागूऔषध कारोबारमा संलग्न एक व्यक्ति भक्तपुरबाट पक्राउ

भक्तपुर, २०८२ बैशाख ३१ः

लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने सूचनाको आधारमा प्रहरीले भक्तपुरबाट एक व्यक्तिलाई ब्राउन सुगर जस्तो देखिने लागूऔषध सहित पक्राउ गरेको छ।

प्रहरीको अनुसार, सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित प्रिसियस स्कुल नजिक डेरा गरी बस्दै आएका नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २, ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोईरालालाई नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर अन्तर्गत प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई निजकै कोठाबाट १ ग्राम ३२ मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने) पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

हाल उनलाई लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!