भरतपुरको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यान्वयनको माग गर्दै मन्त्री यादवलाई प्रस्ताव पेश

चितवन, भरतपु। २ जेठ २०८२ः

भरतपुर महानगरपालिकामा दीर्घकालीन खानेपानी र ढल व्यवस्थापनको समस्या समाधान गर्न लक्षित ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’का लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको छ। अबको आर्थिक वर्ष २०८२/८३ को योजनामा समावेश गर्दै आयोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरिएको छ।

सोही मागसहित आज माननीय संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई महानगर प्रमुख रेनु दाहालले औपचारिक प्रस्ताव पेश गरेको छ। प्रस्तावमार्फत भरतपुर क्षेत्रको दीर्घकालीन डुबान समस्या र अव्यवस्थित ढल व्यवस्थापनको अन्त्य गर्दै, स्वच्छ र दिगो खानेपानी तथा ढल सेवा प्रदान गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ।

स्थानीय स्तरमा पटक–पटक उठ्दै आएको डुबान र सरसफाइ समस्या समाधानका लागि यस आयोजनाले ठुलो टेवा पुर्‍याउने विश्वास गरिएको छ। मन्त्रालयलाई प्रस्तुत गरिएको प्रस्ताव स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएमा भरतपुरका हजारौं बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!