निलबाराही जङ्गलमा स्लोप स्थायित्व र वातावरणीय सुधारका लागि ५ करोड ४५ लाखको ठेक्का स्वीकृत

काठमाडौं, ५ जेठ २०८२:
रत्न काजी प्रजापति

शहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले Urban Ecosystem-based Adaptation for Climate Resilient Development in Kathmandu Valley परियोजनाअन्तर्गत स्लोप स्थायित्व र वातावरणीय सुधार सम्बन्धी ठेक्का स्वीकृत गरेको छ।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको आशयको सूचना अनुसार, भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका अन्तर्गत रहेको निलबाराही सामुदायिक जङ्गल क्षेत्रको स्लोप स्थायित्व तथा वातावरणीय हस्तक्षेप (EbA Interventions) सम्बन्धी कार्यका लागि G.S./Golamadevi JV, मेलम्ची–११, सिन्धुपाल्चोकले पेश गरेको रु. ५ करोड ४५ लाख ११ हजार ३ सय २५ रुपिया ४० पैसा को बोलपत्र मूल्याङ्कन समितिबाट सिफारिस भई स्वीकृतिको प्रक्रियामा पुगेको हो।

यो निर्णय सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) बमोजिम गरिन लागेको हो। साथै, ऐनको दफा ४७ को प्रयोजनका लागि अन्य प्रतिस्पर्धी बोलपत्रदाताहरुलाई सात दिनभित्र गुनासो वा प्रतिक्रिया दिन सक्ने सूचना समेत यसै माध्यमबाट दिइएको छ।

प्राधिकरणले यो परियोजना वातावरणीय दृष्टिकोणबाट दिगो तथा दुरगामी परिणाम ल्याउने विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!