गोरखापत्रको प्रधान सम्पादकमा बस्नेत नियुक्त

काठमाडौँ, ६ जेठ २०८२ः

गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेतलाई नियुक्त गरेको छ।

पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव समेट्नु भएका बस्नेत वि.सं. २०५० मा उपसम्पादकको रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएको हो। उहाँ सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र हाल कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो।

उहाँसँग गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा मुना मासिकको सम्पादक भएर काम गरेको अनुभव छ। उहाँ संस्थानको नेपाली पत्रकारिता समूहको वरिष्ठतम कार्यकारी सम्पादक हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!