काठमाडौँ, ६ जेठ २०८२ः
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले रिक्त उपकुलपति पदको नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ। उक्त समितिको संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई तोकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार समितिमा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्र हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले सदस्यका रूपमा छन्।
त्रिवि उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिएको राजीनामा चैत २८ गते स्वीकृत गरिएको थियो। त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई तीन महिनासम्मका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको थियो।