सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चालकहरूको मृत्यु, दुई जना घाइते

सर्लाही, ६ जेठ २०८२ः

सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुबै चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना यात्रु घाइते भएका छन्।

मङ्गलबार साँझ ४ बजेतिर पुतलीचोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्बरका मोटरसाइकल जुधेका थिए।

दुर्घटनामा राैतहट बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौं महानगरपालिका–२३, बसन्तपुर निवासी ३० वर्षीय विवेक मानन्धरको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो। दुबैलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकलमा पछाडि सवार भारतको बिहार बकुलियाकी ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहट बिसुनपूर्वाकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन्। उनीहरूको प्रारम्भिक उपचार बागमती मोडेल अस्पतालमा गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ।

दुवै सवारी तीव्र गतिमा रहेको र गति नियन्त्रण गुमाउँदा एकआपसमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको भए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!