काठमाडौं, ६ जेठ २०८२ः
ईश्वर कुमार थापा
नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घको यहि बैशाख २८ गते बसेको दशौं केन्द्रिय कार्य समितिको बैठकले महत्वपूर्ण निर्णय गर्दै संघको केन्द्रिय कार्य समिति सदस्य पदमा हरि बहादुर भुजेललाई नियुक्त गरेको छ।

सङ्घको विधानको धारा १६(२) अनुसार रिक्त रहेको केन्द्रिय कार्य समिति सदस्य पदमा भुजेलको मनोनयन गरिएको हो। साथसाथै, उहाँलाई केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी समेत प्रदान गरिएको छ।
भुजेल यसअघि संघको बागमती प्रदेश कार्य समितिमा सचिव तथा सल्लाहकारका रूपमा सक्रिय रहनुभएको थियो। साथै, उहाँ पञ्चकन्या भेट डिस्ट्रिब्युटर्सका सञ्चालक पनि हुनुहुन्छ।
केन्द्रिय कार्य समितिको सदस्यको रूपमा संघका विविध गतिविधिमा उहाँको सक्रिय सहभागिता रहने विश्वास सङ्घले लिएको छ।