भक्तपुर, ७ जेठ २०८२
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को सहायक युवा संगठन वाईसिएल नेपालको बागमती प्रदेश अध्यक्षमा नरेश रन्जित निर्वाचित भएका छन्।
भक्तपुरको मध्यपुर थिमिमा बुधबार सम्पन्न प्रदेश सम्मेलनको बन्द सत्रबाट रन्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
यसअघि वाईसिएल नेपालको केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्जको रूपमा जिम्मेवारी सम्हाल्दै आएका रन्जित संगठनमा लामो समयदेखिको सक्रियता र योगदानका कारण लोकप्रिय युवा नेताको रुपमा परिचित छन्।
कार्यसमितिका अन्य निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्:
-
उपाध्यक्ष: सुवास अधिकारी, रेशम तामाङ, सुनिता गिरी
-
सचिव: प्रदीप तामाङ ङेमासङ
-
सहसचिव: विष्णु नेगी, अर्जुन तामाङ, सुदीप केसी, विकास श्रेष्ठ, सनम महर्जन (जनजाति), प्रितिमा तामाङ (महिला)
-
कोषाध्यक्ष: रोमि घले
यस सम्बन्धमा जानकारी दिँदै वाईसिएल नेपालका केन्द्रीय सदस्य राजु कुटुले उक्त नयाँ टिम संगठन सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
