“ऐतिहासिक योगदानको कदर: सुना सुवेदी बडाललाई संघद्वारा विशेष सम्मान”

काठमाडौं, ११ जेठ २०८२ः
ईश्वर कुमार थापा

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका द्वितीय उपाध्यक्ष सुना सुवेदी बडालले संघलाई स्थायी कार्यालय स्थापना तथा दीर्घकालीन कार्य सञ्चालनका लागि निःशुल्क रूपमा जग्गा प्रदान गर्नु भएकोमा संघको केन्द्रिय समिति, बागमति प्रदेश समिति तथा बागमति जिल्ला समितिको संयुक्त आयोजनामा भव्य सम्मान समारोह सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रितेश रिमालको अध्यक्षतामा प्रमुख व्यक्तित्वहरूको उपस्थितिमा सुना सुवेदी बडाललाई सम्मान गरिएको हो। जग्गादाता सुना सुवेदी बडाललाई सम्मानपत्र, दोसल्ला र माला अर्पण गरी औपचारिक रुपमा सम्मान गरिएको थियो।

ऐतिहासिक र प्रेरणादायी कार्य

सम्मान कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघका पुर्ब अध्यक्षहरु रेवती रमण निरौला, नवराज तिमिल्सिना र चित्र गुरुङले जग्गा जस्तो मूल्यवान सम्पत्ति संघलाई निःशुल्क रूपमा बिना स्वार्थ समर्पण गर्नु सामाजिक उत्तरदायित्व र समर्पणको अनुपम उदाहरण भएको उल्लेख गरे। उहाहरुले अब उक्त ज्ग्गामा संघको भवन निर्माणको प्रक्रिया थाल्नु पर्ने बताए। पुर्ब अध्यक्षहरुले बडालको निर्णयलाई संघको इतिहासमै अभूतपूर्व योगदानको रूपमा व्याख्या गरे।

कार्यक्रमलाई संबोधन गर्नु हुदै सल्लाहकार नारायण भुजेलले संघको भाबि योजनाको चर्चा गर्दै स्थायी संरचनाबाट पशुपन्छी औषधि व्यवसायलाई थप व्यवस्थित, उत्तरदायी र सेवा–मुखी बनाउने लक्ष्यलाई बडालको योगदानले मूर्तरूप दिन मद्दत पुर्‍याउने बताए।

केन्द्रिय अध्यक्ष रितेश रिमालले सुना सुबेदी बडालप्रति धन्यवाद ज्ञापन गर्दै उहाँको योगदानले अन्य व्यवसायी र पदाधिकारीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले छिट्टै नै सो जग्गामा संघको आफ्नै भवन निर्माण प्रक्रिया थालनि गर्ने बताए।

सम्मान कार्यक्रमलाई प्रदेश शाखाका अध्यक्ष ईश्वर कुमार थापा, जिल्ला शाखाका अध्यक्ष रमेश अधिकारीले संबोधन गर्दै बडालको योगदानको मुक्त कण्ठले प्रंशसा गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्नु हुदै सम्मानित ब्यक्तित्व जग्गादाता सुना सुबेदी बडालले आफुले बिना कुनै शर्त, बिना कुनै स्वार्थ संघको हितको लागि जग्गा दान दिएको बताए। बडालले आफ्नो यो कार्यबाट भाबी पुस्ताले पनि प्रेरणा पाओस भन्ने ईच्छा ब्यक्त गर्नु हुदै सो जग्गामा छिट्टै नै भवन निर्माणको प्रक्रिया शुरु हुने बिश्वास ब्यक्त गर्नु भयो। बडाल नेपालको अग्रणी भेटेरिनरी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा. लि. का संचालक समेत हुनुहुन्छ।

सम्मान कार्यक्रममा संघका पूर्वपदाधिकारी, सल्लाहकार तथा देशभरिबाट आएका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!