‘राष्ट्रको लागि २ घण्टे अभियान’ घोषणा: ३१ सदस्यीय कार्यसमिति निर्वाचित
अभियन्ता स्व रुद्र पौडेल मरणोप्रान्त सम्मानित
ललितपुर, १९ फागुन, २०७९ ।
हनुमन्ते नदि सफाई अभियानको पाचौ बार्षिकोत्सब भब्य रुपमा सम्पन्न भएको छ। अभियानले अभियन्ता मधु ढुङ्गेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ।
ललितपुर, सिस्नेरी स्थित ट्रिबोन्स रिर्सोट नेपालमा भएको अभियानको ५ वार्षिकोत्सव कार्यक्रमले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा नरेश रञ्जिल, जयराज पौडेल र उत्तरा नेपाल, महासचिवमा नबराज काफ्ले, सचिवमा चन्द्रकृष्ण श्रेष्ठ र गोविन्द आचार्य, कोषाध्यक्षमा राम खड्का, सहकोषाध्यक्षमा विना देउजा रहेका छन। त्यस्तै कार्यसमितिको सदस्यहरुमा पहलमान श्रेष्ठ, सोम प्रसाद प्रधान, सुन्दर विष्ट, शान्ति पौडेल, गणेश दाहाल, अमित कुमार उपाध्याय, राज्यलक्ष्मी श्रेष्ठ, जयन्ती महत, राजेश कटुवाल, वेद प्रसाद खरेल, वीरेन चम्लागाई, पुरुषोत्तम श्रेष्ठ, पार्वती दंगाल, शारदा पन्त, राजु कुटु, ईन्द्रबहादुर थापा, अशिष पौडेल, रिता पाख्रीन, रत्नकाजी प्रजापति, प्रमोद उपाध्याय, श्रीकुमार रञ्जित, राधीकादेवी आचार्य सर्वसम्मत चयन भएको छ ।
त्यसैगरि अभियानको प्रमुख सल्लाहकारमा पूर्वउद्योग मन्त्री महेश वस्नेत, सल्लाहकारहरुमा वागमती प्रदेश सभासदहरु किरण थापा, शुरेस श्रेष्ठ र शकुन्तला श्रेष्ठ, भक्तपुर जिसस प्रमुख ईश्वर थापा, निर्वतमान वागमती प्रदेश सभासदहरु रजनी जोन्छे, प्रतिमा श्रेष्ठ र शशीजगं थापा, गोपिकृष्ण न्यौपाने, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व नगर उपप्रमुखहरु जुना वस्नेत र अन्जनादेवी मधिकर्मी, गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्यौपाने,नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोज कुमार थापा, वातावरणविद हिम्मतसिंह लेकाली, ्नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री प्रशुराम पाण्डे, बालमुकुन्द सुवाल, विजेन्द्र ध्वजु, भागिरथा सिटौला, शक्तिमोहन पौडेल, विनोद आचार्यलाई सर्वसम्मत चयन गरिएको छ ।
सोहि समारोहमा राष्ट्रको लागि २ घण्टा अभियान’ घोषणा गरिएको थियो। यो अभियान अन्तर्गत हरेक हप्ता २ घण्टा बिबिध बाताबरण सन्ग सम्बन्धित कार्यहरु गरिने जानकारी दिइएको थियो।
त्यसैगरि अभियानलाई भक्तपुर जिल्लामा जोडी उत्प्रेरणा जगाउन पुरयाएको योगदानको उच्च मुल्याकंन गर्दै अभियन्ता स्वं. रुद्र पौडेललाई मरणोपरान्त सम्मान समेत गरिएको छ । स्व.पौडेलको श्रीमती शान्ता पौडेललाई अभियानका प्रमुख सल्लाहकार महेश वस्नेतले सम्मान पत्र वितरणका साथ दोसल्ला ओढाई सम्मान गरेका थिए ।
अभियानले बिहान कौशलटार चोकबाट बालकोट पूलतर्फ सरसफाई कार्यक्रम समेत गरेको थियो। वार्षिकोत्सव कार्यक्रमका ईतिहासरत्न प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठ, पूर्व मन्त्री महेश वस्नेत,वागमती प्रदेश सभासदद्धय किरण थापा एवं शकुन्तला श्रेष्ठ, जिसस प्रमुख थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप कुमार प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, मध्यपुर थिमी नगरपालिका प्रवक्ता कृष्णहरि आचार्य, डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख प्रेम प्रसाद सापकोटा, मध्यपुर थिमी नगरका पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व नगर उपप्रमुखद्धय जुना बस्नेत एवं अन्जनादेवी मधिकर्मी, प्याब्सन भक्तपुरका अध्यक्ष निलेश आचार्य, नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री प्रशुराम पाण्डे, वागमती सफाई अभियानका सेवक किशोर शाही लगायतका वक्ताले निर्धारित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा शसत्र प्रहरी बल उपरिक्षक दिनेश कुमार महत, जिल्ला प्रहरी परिसर भक्तपुरका डिएस्पी कुमार मैनाली, मध्यपुर थिमी प्रहरी वृत्तका ईन्सपेक्टर बिर बहादुर बडाएर, जिसस सदस्य विनु केसी, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, डिभिजन बन कार्यालय भक्तपुरका योजना अधिकृत सलिना कडाल, क्यान्सर अस्पतालका डा.सारुख साङगाछे, मनोहरा सरसफाई अभियानका संयोजक चन्द्र दंगाल, प्याब्सन कोषाध्यक्ष लक्ष्मी कुटु, सुन्दरीघाट वागमती सरसफाई अभियानका संयोजक चित्र सुनुवार, स्वच्छ हावा प्रर्वद्धन सञ्जाल, नेफ्सेम्याक, नेपाल फुलबारी, स्वच्छ वातावरण सृजना केन्द्र, मानव अधिकार एलायन्स, वेभ गु्रप, पातञ्जल योग समिति नेपाल, जीवन विज्ञान, क्याप नेपाल, पतञ्जली योग समिति, पारीजात सामाजिक सेवा समाज, कस्तुरी वचत तथा ऋण सहकारी, मानवीय आस्था नेपाल, कल्पवृक्ष वचत तथा ऋण सहकारी, सक्षम सहकारी, कौशलटार बोर्डिङ्ग, जनप्रेमी कलेज, नेपाल रेडक्रस दुवाकोट, बालकोट एवं ताथली उपशाखा, वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल, आस्था महिला विद्यालय, नौलो आयाम मेडिया प्रा लि (नौलोआयाम डटकम), बालकोट सहकारी, चेतनशील महिला समुह लगायतको उपस्थिति रहेको थियो ।