बालयौन दुरुपयोग गर्ने महिला पक्राउ

भक्तपुर, फागुन २१:

आफ्नै नाबालिका बहिनीसँग यौनजन्य गतिविधि गरी बालयौन दुरुपयोग गरेको अभियोगमा एक महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पिडितको गोप्यताका कारण पक्राउ परेका महिलाको पहिचान समेत गोप्य राखेको छ ।

प्रहरीका अनुसार २१ वर्षिया ती महिलाले आफ्नै नाबालिका बहिनीसँग यौनजन्य गतिविधि गरी सो को भिडियो खिची आफ्नो केटा साथीलाई पठाएका थिए । ती महिला विरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले गत २०७९ जेठ ६ गते बालयौन दुरुपयोग गरेको सम्बन्धी सूचना प्रहरीको इन्टरपोल शाखामा दिएको थियो ।

सोही सूचनाको आधारमा प्रहरीको साइबर ब्युरोबाट प्रारम्भिक अनुसन्धान भै थप अनुसन्धान तथा कारवाहीको लागि साइबर व्युरोले प्रहरी परिसर भक्तपुरलाई गत २०७९ पुस २० गते पत्र पठाएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा ती महिलाले यौनजन्य गतिविधिको भिडियो जी मेलमार्फत केटा साथी पठाएको खुल्न आएकोले भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी कानुन बमोजिम नियन्त्रणमा लिएको प्रनाउ मैनालीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!