कार्य समितिमा पुरै प्यानल प्रधानकै निर्वाचित
भक्तपुर, फागुन २१:
नेपाल बार एसोसियसन भक्तपुर जिल्ला बार इकाईको अध्यक्षमा रविन्द्र प्रधान निर्वाचित हुनुभएको छ । बारको शनिवार सम्पन्न निर्वाचनमा प्रधान पुनः निर्वाचित हुनुभएको हो । भक्तपुर बारमा प्रधान नेतृत्वको पुरै प्यानल निर्वाचित भएको हो। प्रधान १०६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाका निकततम प्रतिद्वन्दि राजेश कृष्ण सिपाईंले ७९ ्तथा घनश्याम जोशीले १५ र राजु कैतीले १६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंखर तिमिलाले जानकारी दिनुभयो ।
बारको उपाध्यक्षमा सुरोज कुमार तुक्षें १०९ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी तुइलाल श्रेष्ठले ७३ र शिवराम बोहजुले २७ मत प्राप्त गर्नुभयो । त्यसैगरि सचिवमा पुरुषोतम तिमिल्सिना १०४ मत ल्याई विजयी हुँदा प्रतिष्पर्धी अञ्जना बासुकलाले ८६ र गम्भिरमान ज्याख्वाले ३३ मत प्राप्त गर्नुभयो । सहसचिवमा सुमित्रा मल्ल १२५ मत र कोषध्यक्षमा विक्रम बखुन्छें १५६ मतका साथ निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सदस्यमा अन्जली भासिमा, सदस्यमा प्रदिप कार्की, रमेश खनाल, प्रचण्ड प्रकास प्रधान नौला, फर्समाया देवी मगर, सुजन कार्की, प्रकाश धौबन्जार, निरज श्रेष्ठ विजयी भएका छन् ।
त्यसै गरि केन्द्रिय पार्षदमा हरिराम लवजु, रामभक्त सुवाल, सानु सुवाल, हिम प्रकास प्रजापति, अविकेश्वर पोखरेल, सत्यन्द्र प्रजापति, राम राजा कायस्थ, गिता तिम्सिना, नानीराम थापा, अनिष सुवाल, प्रियकुमार थापा र प्रदीप कार्कि विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
PC: Durlav Thapa Secretary