सामाजिक संजालमा आफु माथि लगाएको आक्षेपको प्रमुख श्रेष्ठद्वारा कडा प्रतिबाद

“कुन हैसियतले उनले त्यो काम गरिरहेको छ? अब प्रश्न उठने छ।” प्रमुख श्रेष्ठ

मध्यपुर थिमि, २८ जेठ २०८२ः

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले निलबाराही मन्दिर संरक्षण समितिले सामाजिक संजालमा आफु माथि लगाएको आक्षेपको कडा प्रतिबाद गर्नु भएको छ। नगरप्रमुख श्रेष्ठले कडा आक्रोश ब्यक्त गर्दै उक्त समितिको बैधानिकता माथि समेत प्रश्न उठाउनु भएको छ।

मध्यपुर सञ्चार समाजले आयोजना गरेको नगरप्रमुख संग संचारकर्मीहरु सम्बाद कार्यक्रममा संचारकर्मीहरुले निलबाराही मन्दिर संरक्षण सम्बन्धी उठाएका प्रश्नहरुको जवाफ दिनु हुदै प्रमुख श्रेष्ठले निलबाराही मन्दिर संरक्षण समितिले गरिरहेका कामहरु प्रति आफ्नो कुनै आपति नरहेको बताए। समितिले कुनै स्वीकृति नलिएको तथा कसरी बन्यो भन्ने बारे पनि आफुलाई जानकारी नरहेको उहाले बताए।

निलबाराहीको पहिरो नियन्त्रणको नाममा केही अभियन्ताहरुले जनश्रमदान, चन्दा संकलन जस्ता कार्य नगरपालिकाको जानकारी वा स्वीकृति बिना अघि बढाइरहेको कार्य प्रति श्रेष्ठले असन्तुष्टि जनाए। निकै आक्रामक रुपमा प्रस्तुत हुनु भएका प्रमुख श्रेष्ठले सामाजिक संजालमा बिगत केहि हप्ता देखि आफु बिरुद्द जुन किसिमको प्रस्तुतिकरण भैरहेको थियो, त्यसबारे कडा आपति जनाउदै ८४ मा देखाई दिन्छु भन्नेको सामना गर्न आफु तयार रहेको बताए। उहाले निस्वार्थ रुपले मन्दिर जोगाउ्नको लागि साथ दिनु हुने जनताहरुलाई बिशेष धन्यबाद ब्यक्त गरे। आफुहरुको उदेश्य पनि मन्दिर जोगाउनु नै रहेको बताउदै प्रमुख श्रेष्ठले आफुहरुको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिनु भयो।

उक्त कार्यकममा मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरूको तीन वर्षे कार्यकालको प्रगतिबारे सार्वजनिक रुपमा जानकारी गराइएको थियो। कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले १५ पृष्ठ लामो लिखित प्रतिवेदन प्रस्तुत गर्दै कार्यकालभित्र नगरपालिकाले गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गरेका थिए।

श्रेष्ठले नगरले भौतिक पूर्वाधार, ऐतिहासिक सम्पदा संरक्षण, सुशासन प्रवर्द्धन लगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको बताए।

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले पनि पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। कार्यक्रम मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

PC: jhigu khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!