मध्यपुर थिमि, २९ जेठ २०८२ः
मध्यपुर थिमि नगरपालिका–७, नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। आज आयोजित एक विशेष कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले केन्द्रको उद्घाटन गरेका छन। कार्यक्रममा उपप्रमुख बिजय श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
स्वास्थ्य सेवाको पहुँचलाई अझ सुलभ बनाउने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रमा डा. रामहरी श्रेष्ठ र डा. रोज प्रजापति सेवा प्रदान गर्नेछन्।
सेवा केन्द्र बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। नगरवासीहरूलाई वैकल्पिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ केन्द्रको स्थापना गरिएको हो।
नगरप्रमुख श्रेष्ठले उद्घाटन समारोलाई सम्बोधन गर्दै स्वास्थ्य सेवा सबैका लागि सुलभ र गुणस्तरीय हुनुपर्ने र यो केन्द्रको स्थापना्ले स्वास्थ्यमा नगरवासीको पहुच अझ सहज हुने बताए।
