रकम दुरुपयोगको आरोपमा मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह पक्राउ

काठमाडौँ, २९ जेठ २०८२:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहलाई सार्वजनिक रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको छ।

महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिहरूको खातामा जम्मा भएको रकम आफ्ना निजी सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकाएर व्यक्तिगत तथा श्रीमतीको खातामा जम्मा गराएको उजुरीका आधारमा आयोगले अनुसन्धान थालेको थियो।

सोही अनुसन्धानको सिलसिलामा जेठ २९ गते साँझ ६:०३ बजे सिंहलाई काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरी आयोगको नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

हाल सिंह धनुषाको जनकपुर उपमहानगरपालिका–९ मा बसोबास गर्दै आएका छन्। आयोगले प्रारम्भिक प्रमाणका आधारमा उनी सार्वजनिक कोषको दुरुपयोग गर्दै भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको ठहर गर्दै थप अनुसन्धान अघि बढाइएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!