काठमाडौं, २९ जेठ २०८२ः
काठमाडौं महानगरपालिकाको ‘एक वडा, एक नमूना कार्यक्रम’ अन्तर्गत माटोको मुकुण्डो बनाउने सीप विकास तालिम कार्यक्रम सञ्चालन भैरहेको छ। आत्मनिर्भर उद्यमशीलताको लक्ष्यसहित “एक वडा, एक उद्यम, आफ्नै सीप र मौलिकपन” भन्ने नाराका साथ सुरु गरिएको तालिममा सहभागिहरूलाई माटोको मुकुण्डो बनाउने परम्परागत कला सिकाइँदैछ।
दुई महिनाको तालिम कार्यक्रम यहि वैशाख २१ गतेदेखि असार २१ गतेसम्म सञ्चालन हुनेछ। तालिम काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित इनबहालको शहरी प्रवर्द्धन केन्द्रमा भइरहेको छ।
मध्यपुर थिमिमा रहेको मध्यपुर मास्क मेकिङ्गका संचालक सोम तामाङ्गले उक्त तालिममा तालिम दिईरहेका छन। तामाङ्ग विगत लामो समयदेखि नेपाली संस्कृति झल्किने परम्परागत मुकुण्डो निर्माणमा संलग्न रहँदै आएका छन्।
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले आज तालिमको स्थलगत निरीक्षण गरेकी थिइन्। निरीक्षणका क्रममा उनले यस्तो मौलिक सीपमा आधारित कार्यक्रमहरूले युवालाई आत्मनिर्भर बनाउने बताइन्।
तालिमको आयोजना काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले गरेको हो। महानगरले स्थानीय स्तरमै उद्यमशीलता विकास गर्दै सीपमूलक तालिम मार्फत रोजगारी सिर्जना गर्न यो कार्यक्रम अघि सारेको हो।
फोटो फिचर:

