मध्यपुर थिमि, ४ असार २०८२ः
मध्यपुर थिमिका चर्चित सामाजिक अभियन्ता नीरज बाडेको आत्माको चीर शान्तिको कामना गर्दै गठ्ठाघरस्थित सोर्हा हिटिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
समाजसेवा, सांस्कृतिक एब सम्पदा संरक्षण र मानव अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएका बाडेको असामयिक निधनले स्थानीय समुदाय शोकमा डुबेको छ। उहाँको योगदानको स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख बिजय श्रेष्ठ, चर्चित गायक कुम्हा सागर, रोजमान महर्जन लगायत स्थानीय बासिन्दा, सामाजिक अभियन्ता, राजनीतिक प्रतिनिधिहरू तथा बाडेका शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै स्व. बाडेको योगदानको चर्चा गरेका थिए र उहाँको आत्माको चीर शान्तिको कामना गरेका थिए।


PC: pawan