एसईईको नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने

मध्यपुर थिमि, ५ असार २०८२ः

वि.सं. २०८१ चैत ७ गतेदेखि सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक गरिने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका अनुसार हाल नतिजा प्रकाशनको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यालयका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले “बिहानदेखि बेलुकासम्म लगातार काम भइरहेको” जनाउँदै, असारको तेस्रो सातासम्ममा नतिजा आउने अपेक्षा गर्न सकिने बताएका छन्। यद्यपि, नतिजा सार्वजनिक हुने ठ्याक्कै मिति भने अहिलेसम्म तोकिएको छैन।

गत वर्षको एसईईमा करिब ५ लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए। यो वर्ष पनि झण्डै यति नै संख्यामा विद्यार्थी सहभागी भएका थिए।

नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि, गुण गणना र प्रविधिक व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!