खाली चेक दिएर ठगी गर्ने वीरेन्द्र खत्री पक्राउ

काठमाडौँ, ५ असार २०८२ः

एक करोड १५ लाख रुपैयाँको खाली चेक दिई ठगी गर्ने वीरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको साँगाचोक–८ (हाल चौतारा साँगाचोकगढी–११) स्थायी ठेगाना भई हाल भक्तपुर, सूर्यविनायक–५, कटुन्जे बसोबास गर्दै आएका ४० वर्षीय खत्रीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार खत्रीले नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिलाई रकम नभएको चेक दिएर ठगी गरेका थिए। सो प्रालिले दिएको उजुरीको आधारमा काठमाडौँ जिल्ला अदालतले २०८१ साउन २५ गते उनलाई एक करोड १५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो।

फरार रहँदै आएका खत्रीलाई बुधबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!