एआइजीमा बढुवाका लागि ५ डिआइजी सिफारिस

काठमाडौं :

गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूह तर्फको ५ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार ५ जना डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए।

यसरी सिफारिस भएकामा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दीपक थापा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका डिआइजी किरण बज्राचार्य छन्।

सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि बढुवा हुने कानुनी व्यवस्था छ। सिफारिस समितिको संयोजकमा भने गृहसचिव हुने र त्यसको सदस्य सचिवमा प्रहरी महानिरीक्षक रहने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!