प्रचण्डको प्रमुख उपस्थितिमा माओबादी नेता कृष्णलाल गोजा श्रेष्ठको स्मृतिमा शोकसभा हुने

मध्यपुर थि्मि, १२ असार २०८२ः

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार तथा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिले शोकसभा आयोजना गर्ने भएको छ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता रहने उक्त शोकसभा यही २०७९ असार १४ गते शनिबार, बिहान ११:०० बजे, मध्यपुर थि्मि–३, सुन्दरनगरस्थित थिमि ब्याङ्क्वेटमा आयोजना गरिने कार्यक्रम संयोजक पार्टीका नगर अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठको निधनले पार्टी मात्र नभई समाजले पनि एक इमानदार, निष्ठावान् र समाजप्रेमी व्यक्तित्व गुमाएको भन्दै पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।

पार्टी नेतृत्व, स्थानीय प्रतिनिधि, नागरिक समाज, शुभेच्छुक तथा शुभचिन्तकहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिने तयारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!