हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौं, १३ असार २०८२ः

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एक मात्र जिल्ला हुम्लामा सडक पुगेकोमा खुसी व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुहुँदै हुम्लामा सडक पुर्‍याउने दशकौँ पुरानो सपना पूरा हुन लागेकोमा खुसीयाली व्यक्त गर्नुभएको हो। उहाँले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गर्नुभएको छ।

हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेख्नुभएको छ, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!